स्कुल बस दुर्घटनाः ज्यान गुमाएका सबैको सनाखत


विमल बिष्ट, डोटी ।
डडेल्धुरा डोटी जोड्ने डाक्टर केआई सिंह राजमार्गको रडुवा खोलामा बिहिबार साँझ भएको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ ।

ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरिक्षक गणेश नागारीले दिनु भएको जानकारी अनुसार स्कुल बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ बस्ने बर्ष २१ को केशब कडायत, सोही नगरपालिका १० बस्ने बर्ष २० की शारदा कडायत, डोटीको शिखरनगरपालिका ७ बस्ने बर्ष २२ को योगेन्द्र बोहरा,सोही नगरपालिका ७ बस्ने बर्ष २४ को शंकर जोरा, सोही नगरपालिका ८ बस्ने बर्ष २२ की शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिका बस्ने बर्ष २८ को नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका–ं ४ बस्ने बर्ष ३५ की सशी विक, शिखर नगरपालिका वडा नं ११ बस्ने बर्ष २५ की गोदा भाट, शिखर नगरपालिका ८ बस्ने बर्ष ४० का कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल रहेका छन् ।

त्यसै गरी डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० बस्ने रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा गाउपालिका ३ बस्ने बर्ष ३० की माया रावल, कैलाली गोदावरी नगरपालिका १० बस्ने पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउपालिका ३ बस्ने बर्ष १७ को तिलक खाती,सोही ठाउ बस्ने बर्ष ३० को तेज धामी,डोटीको शिखर नगरपालिका १० बस्ने बर्ष १५ को शागर बलायर,शिखर नगरपालिका ११ बस्ने बर्ष २४ को पदम बिक ज्यान गएको हो ।

ज्यान गुमाएकाहरुको पोष्टमाटम डडेल्धुरा स्थित उप क्षेत्रीय अस्पतालमा गरीने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक खगेन्द्र साँवदले जानकारी दिनु भयो ।

उक्त बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाईते भएका छन् । डोटीको शिखर नगरपालिका बानीडुग्री सैन स्थित पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिका स्थित उग्रतारा मेला बाट फर्किदा बस दुर्घटनामा परेको हो ।

घाईते मध्ये गम्भिर अवस्थामा रहेका ११ जनालाई थप उपचारका लागि कैलाली तर्फ रिफर गरिएको,दुई जना डिस्चार्ज गरिएको छ भने अन्य १३ जनाको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।

उक्त स्कुलका सञ्चालक भिम बलायरले आफनो परीवार सहित स्कुलका अन्य फाउण्डर बोकी मेला हेर्न गएको र फर्किने बेलामा स्याउले भन्दा तल पट्टि बाट यात्रु समेत बोकेर गएको भन्ने बुmिभएको ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रहरी नायब निरिक्षक गणेश नागारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।