सरकार अहिले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा: गृहमन्त्री थापा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको अगुवाईमा आजदेखि सफा,स्वच्छ र सुरक्षित भक्तपुर जिल्ला अभियान सुरु भएको छ ।भक्तपुरको मनोहरापुल छेऊमा आज अभियानको सुरु गर्दै गृहमन्त्री रामबहादुर थापाले यो अभियानलाई देशैभर उदाहरणीय रुपमा अगि बढाउनुपर्ने बताउनुभयो ।

सरकार अहिले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा रहेको बताउनुहँदै समृद्धि बिना सुख संभब नभएको बताउनुभयो ।मदिरा अपराधको जड भएको र यसकै कारण दुर्घटना र महिला हिंसा समेत बढेको बताउँदै गृहमन्त्री थापाले मदिरा र लागुऔषधलाई नियन्त्रण गर्न तर्फ गृह मन्त्रालयले बिशेष चासो दिएको बताउनुभयो ।

पुर्ब मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले नेपालकै नमुना सडकको रुपमा रहेको अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको ६ लेन सडकमा दुर्घटना हुने क्रम बढ्दै गए पछि ६ लेन सडकलाई केन्द्रित गर्दै यो अभियान संचालन गरिएकोे बताउनुभयो ।सांसद प्रेम सुवालले छ लेन सडकलाई सुरक्षित र जाममुक्त बनाउन भक्तपुर जिल्लाको पहल मात्र पर्याप्त नहुने भन्दै यसमा केन्द्र र प्रदेश सरकारको पहल समेत अपरीहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अभियान अन्तर्गत आज देखि एक महिनासम्म निरन्तर सुरक्षित ,सफा र ब्यबस्थित राजमार्ग अभियान संचालन गरिने जानकारी दिंदै राजमार्गलाई चुस्तदुरुस्त राख्न र्यापीड रोड रिपीयर टिम समेत गठन गरिने बताउनुभयो ।

अरनिको राजमार्ग सफाई अन्तर्गत दैनिक सुरक्षाकर्मी सहित एक सय जना खटिने बताउँदै प्रमुख जिल्ला अधिकारी भट्टले सामाजिक रुपान्तरण गर्न सवै तह र तप्काको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा भक्तपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु,जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा,कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, बीरदलगण सुर्यबिनायकका गणपति शिबप्रसाद पौडेल,मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ,सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापा प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालय कुमार श्रेष्ठ,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति,नेपाल रेडक्रस भक्तपुरका सभापति मनोज थापा लगायतको सकृय सहभागिता रहेको थियो ।

भक्तपुरलाई जाममुक्त, सुन्दर, सरुक्षित तथा समद्ध बनाउने यो अभियानको मूख्य उद्देश्य रहेको छ ।शान्ति, सुरक्षा, अमनचयन कायम राख्नका साथै समृद्ध भक्तपुर निर्माण गर्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अभियान सुरु भएको हो ।
अभियानलाई सफलतापूर्वक सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयोजन समिति समेत गठन भएको छ । जसमा प्रतिनिधिसभाका सांसद प्रमुख सल्लाहकार रहने र प्रदेश सभाका सांसद सल्लाहकार रहनुभएको छ । सदस्यमा चारवटै नगरपालिकाका प्रमुख तथा जिल्ला संयोजन समितिका प्रमुख रहनुभएको छ ।

त्यस्तै प्रमुख सेनानी शिवप्रसाद पौडेलको संयोजकत्वमा कार्यान्वयन समिति समेत गठन गरेको छ । जसमा सवै नगरपालिकाका उपमेयर सदस्य रहनुभएको छ ।

राजमार्गमा सुरक्षित अभियान अन्तर्गत प्रहरीले सवारी साधनको गति सिमित गरौं, बाँचौ र बचाऔं“ भनेर जनसमुदायलाई जागृत गराउनुका साथै चालकहरुलाई सवारी संचालन, सडक लेन पालना, कानूनी कारबाही लगायतका बारेमा जानकारी दिन प्रशिक्षण सहितको अभिमुखिकरण कार्यक्रम पनि संचालन गरिने भएको छ ।