पुष्कर बुढाथोक्,ि भक्तपुर ।
भक्तपुर नगरपालिकाकी उप प्रमुखको घरमा चोरी भएको छ । भक्तपुर नगरपालिकाकी उप प्रमुखको रजनी जोशीको सुर्यविनयाक नगरपालिका ८ सिपाडोलस्थित घरबाट मंगलवार दिउँसो चोरी भएको हो ।
जोशीको घरबाट करिब १५ लाख ९८ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ ।
यसैबीच मध्यपुर थिमिका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन शुन्दर श्रेष्ठ एक विज्ञप्ती प्रकाशित गरी दिन दहाडै घरका ढोका फोडेर भएको चोरीको निन्दागर्दै यथासिघ्र अनुशन्धान गरी चोरीगर्नेलाई नियन्त्रणमा लिन माग गर्नु भएको छ ।











प्रतिक्रिया