शिक्षकलाई तलब खुवाउन देउसी, ४ लाख संकलन



नेपाल समाचारपत्र, पर्वत ।
पर्वत फलेवास नगरपालिका–५ खानीगाउँ स्थित जनता निम्न माध्यमिक विद्यालयले आयोजना गरेको देउसी–भैलो कार्यक्रमवाट ४ लाख भन्दा बढी संकलन गरेको छ ।|

विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालय व्यवस्थापनको सहयोगार्थ सञ्चालित देउसी–भैलोववाट ४ लाख ३० हजार रुपैयाँ सकलन गरेको विद्यालयका प्रधानाध्यापक बैकुण्ठप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

गत १८ गतेदेखी २२ गतेसम्म संचालन गरेको देउसीभैलो कार्यक्रम साविकको खानीगाउँ गाविसका विभिन्न वडामा खेलिएको थियो. ।

विद्यालयमा कार्यरत निजी शिक्षकलाई तलव खुवाउन समस्या भएपछि विद्यालयले बर्षनी देउसीभैलो कार्यक्रम संचालन गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्