छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना गरिँदै

0
Shares

काठमाडौं ।
सूर्यको उपासना गरी मनाइने छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना गरिँदैछ। खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतालुहरू दिनभर उपवास बस्ने गर्दछन्। बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ।

गम्हरी चामलको अभावमा धानको चामलको प्रयोग गरिन्छ। कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ। जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।यस दिनको नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ ।

यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।

Skip This