ग्याँस सिलिण्डर विष्फोट हुँदा ६ लाखको क्षती


नेपाल समाचारपत्र, ललितपुर ।
गोदावरी नगरपालिका–११ स्थित चापागाउँको एक घरमा ग्याँस सिलिण्डर पड्किएको छ । शनिबार दिउँसो खाजा बनाउने क्रममा एक्कासी ग्याँस सिलिण्डर पड्किएको स्थानीय रविन्द्र महर्जनले बताउनुभयो ।

कान्छी देशारको घरमा ग्याँस सिलिण्डर पड्किएको पुष्टी महानगरिय प्रहरी वृत्त, चापागाउँले गरेको छ । वृत्तका प्रमुख राजकुमार खिउजुले विष्फोटका कारण ३ लाख नगद, सुन, लगायत गरी ६ लाख बराबरको क्षति भएको बताउनुभयो ।

विष्फोटमा मानविय क्षति भने हुन नपाएको उहाँको भनाई छ । ‘घरको कौसीमा भान्सा र सुत्ने कोठा रहेछ । ग्याँस पड्किँदा त्यो भान्सा र कोठा दुबै ध्वस्त भयो । मानविय क्षती भने भएन ।’, उहाँले भन्नुभयो ।