रुकुम पश्चिमको बाँफिकोटमा जिप दुर्घटना, दुईको मृत्यु


धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ दहखोलामा भएको जीप दुर्घटनामा परी दुई बाबु छोरीको मृत्यु भएको छ । हिजो बेलुकी लु १ ज २६६८ नम्बरको जीप दुर्घटनामा परी गम्भिर घाईते आठबीसकोट नगरपालिका १ स्यालाखदीकी ५ वर्षिया पार्वति बिकको मृत्यु भएको हो ।

उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा सल्यानमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । बाँफिकोट गाउँपालिका ३ स्यार्पूबाट नेपाने तर्फ जादै गरेको जीप दुर्घटना हुँदा चालक आठबीसकोट नगरपालिका वडा नं. १ स्यालाखदीकै २८ वर्षिय टेकमान बिकको मृत्यु घटना स्थलमा भएको थियो । पार्वति र टेकमान बाबु छोरी हुन् ।

टेकमान छोरीलाई लिएर नेपानेमा रहेको ससुरालि तर्फ जादै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाई छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । बाटो अफ्ट्यारो भएका कारण दुर्घटना भएको बताईएको छ ।