बहिनी शोभाको हातबाट पूर्वराजा ज्ञानेन्द्र शाहले लगाए भाइटिका


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटिका लगाएका छन् । उनले बहिनी शोभा राज्यलक्ष्मी शाहीको हातबाट भाइटीका लगाएका हुन् ।

टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि पुर्व राजा शाहले ९ बजेर ५१ मिनेटमा भाइटीका लगाएका हुन्। पुर्व राजा शाह टिका लगाउन बहिनी शोभाको कमलादीस्थित शोभा गृह पुगेका थिए । उनले ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाएको उनको निजी सचिवालयले जनाएको छ ।

टीका ग्रहणपछि पूर्वराजा शाहले सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मुलुकमा शान्ति र अमनचयनको कामना गरेका छन् ।