डिभी परेर अमेरिका गएका भण्डारी प्रतिनिधिसभामा निर्वाचित

94
Shares

काठमाडौं  ।
अमेरिकामा भएको मध्यावधि निर्वाचनमा मेरील्यान्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन्।

डेमोक्याट्रिक पार्टीका तर्फबाट उनी तल्लो सदन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी अमेरिकी राजनीतिको उपल्लो तहमा निर्वाचित हुने नेपाली मूलका पहिलो व्यक्ति बनेका छन्।

मंगलबार भएको निर्वाचनमा २० हजार ९ सय ७७ मत प्राप्त उनी विजयी भए। यो विजयले अमेरिकी राज्य संसद् भवन छिर्न उनका लागि बाटो खुला भएको छ।
निर्वाचन क्षेत्र संख्या ८ मा भण्डारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्सन पनि सोही पार्टीका तर्फबाट भिडेका थिए।

भण्डारी गुल्मीबाट ८ वर्षअघि डिभी चिठ्ठा परेर अमेरिका पुगेका थिए। उनी पेसाले शिक्षक हुन्।

Skip This