बर्दियामा गोली चल्यो, एक जनाको मृत्यु


बर्दिया । बर्दियामा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर हत्या भएको स्थानीयले बताएका छन् ।

तर, जिल्ला प्रहरी कार्यालय बर्दियाले भने स्थानीयले दाबी गरेजस्तो गोली लागेको पुष्टि नभएको जनाएको छ । परिवारका सदस्यको भनाइअनुसार ३५ वर्षीय खटिकलाई आइतबार बिहान घरमै सुतिरहेको बेला अज्ञात समूहले पेटमा गोली हानेको थियो । उनको साथमा रहेको ५० हजार रुपैयाँ पनि लुटेर लगिएको छ । खटिकको नेपालगञ्ज नर्सिङ कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।