हस्तकला र सांस्कृतिक मेला आयोजना हुँदै


ललितपुर, (नेस)
ललितपुर महानगरपालिका वडा नम्बर १६ ले बृहत् हस्तकला र सांस्कृतिक मेला आयोजना गर्ने भएको छ । स्थानीयस्तरमा उत्पादित हस्तकला र कालीगढलाई प्रर्वद्धन गर्न मेला आयोजना गर्न लागिएको हो ।

‘मेलाले वडा नम्बर १६ लाई सांस्कृतिक, हस्तकला र पर्यटकीय वडाको रुपमा विकास गर्न टेवा पु¥याउने छ ।’ वडाअध्यक्ष निर्मलरत्न शाक्यले भन्नुभयो। ‘

विश्वसम्पदा सँचीकृत कृष्ण मन्दिरदेखि हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), यशोधर महाविहार, रत्नाकर महाविहारलगायत लिच्छिवकालीन बौद्ध विहार, विभिन्न मँर्त, अमँर्त सम्पदा सो वडामै रहेको छ ।

कार्तिक नाच, अष्टमातृका नाच जस्ता मल्लकालीन नाच सो वडाबाट सञ्चालन हुने गरेको छ ।‘यसलाई मध्यनजर गरेर वडालाई सांस्कृतिक, हस्तकलाका वडाको रुपमा विकास गर्ने लक्ष्य राखेको छु ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो–‘ मेला लक्ष्यमा पुग्ने एक रणनीतिक महत्वको कार्यक्रम हो ।’

वडाका महत्वपँर्ण सम्पदास्थल, पार्क र सार्वजनिक चोकमा हस्तकलाको सामग्री प्रदर्शनसँंगै बिक्रीका लागि राखिने छ ।सो वडाका अधिकाश मानिस हस्तकलामा आबद्ध रहेका छन् । त्यसैले वडालाई धातुकला, सुन र चाँदीको कलात्मक सामग्री बनाउने, पौभा चित्र बनाउने, काष्ठकला र प्रस्तरकलाको केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना छ ।

मेलाले स्थानीयस्तरमा उत्पादित हस्तकलाको बजार विस्तार, ब्रान्डिङ गर्ने, कालिगढलाई ‘एक्सपोजर’ संगै बजारको चाहना र माग बुझ्न सघाउने बताइएको छ । वडाका अनुसार मेला अवधिभर पर्यटक प्रवद्र्धन गर्ने उपाय, संस्कृतिबारे अन्र्तक्रिया, छलफल कार्यक्रम हुने छ ।

मेलालाई सफल बनाउन ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड, थ्री स्टार क्लब लगायत स्थानीय सहकारी संस्था, महिला समँह, सामाजिक सघसस्था, जातीय समाज लगायत विभिन्न सरोकारवालाहरुसंग छलफल गरिरहेको पनि वडाले जनाएको छ । ‘सबैको सहभागिता र सबैले स्वामित्व लिन सक्ने गरी मेला आयोजना गर्ने पनि वडाअध्यक्ष शाक्यको कथन रहेको छ ।दशैं सकिए लगतै मेलाको मिति घोषणा गर्ने पनि वडाले जनाएको छ ।