तिहारमा एनआईसी बैंकको बोनस योजना


काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले दीपावलीको उपलक्ष्यमा ‘सोच बदलौं, भाइटीकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई १ सय रुपियाँ बराबरको बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटीकाको उपलक्ष्यमा ग्राहकले दिने दक्षिणा स्वरुपको रकम बैंकको मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्दा सय बराबरको बोनस रकम प्राप्त गर्न सक्नेछन् । ‘सोच बदलौं, भाइटीकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने योजनामा सहभागी भई मोबाइल बैंकिङबाट दक्षिणा रकम ट्रान्सफर गरी सय रुपियाँ बोनस प्राप्त गर्न बैंकले अनुरोध गरेको छ।

त्यस्तै ‘नछुटोस् छुट पाउने मौका’ भन्ने नाराका साथ कुनै पनि सामान खरिद गरी एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा क्युआर कोड माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा ५ सय रुपियाँसम्मको छुटको पाउने बैंकले जनाएको छ ।
यो योजनामा सहभागी भई सामान खरिद गरिसकेपछि भुक्तानी गर्दा एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा क्युआर कोड भुक्तानी गरी सुविधा लिन सकिने बैंकले जनाएको छ ।

बैंकको मुलुकभर २६५ शाखा, २६५ एटीएम, २७ वटा एक्सटेन्सन काउन्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै बैंकको वासलातको आकार २ सय अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६७ अर्ब तथा कर्जा १४१ अर्ब रहेको बैंकले जनाएको छ ।