इटालीमा शक्तिशाली आँधी : ११ जनाको मृत्यु, हजारौँ अलपत्र


एजेन्सी । इटालीमा तीव्र गतिमा आएको हावा र पानीका कारण ११ जनाको मृत्यु भएको छ भने हजारौँको संख्यामा पर्यटक तथा यात्रुहरु अलपत्र परेका छन् ।

इटालीको पश्चिम र उत्तरी क्षेत्रमा प्रतिघण्टा १ सय ८० किलोमिटरको गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन् । यातायात र बिजुली आपूर्ति समेत रोकिएको छ ।

भेनाइस सहर ७५ प्रतिशत डुबानमा परेको बीबीसीले जनाएको छ । त्यहाँका मौसमविद्ले अझै केहि दिन मौसम खराब हुने अनुमान गरेका छन् ।