धनवीर दाहाल, रुकुम ।
सुचना प्रबिधिको बढ्दो प्रयोग सँगै रुकुमका स्थानीय तहहरुले आफ्ना गतिबिधिमा जनताको सहज पहुँच पुगोस भन्ने उद्देश्यले मोवाइल एप्लीकेसन तयार गर्न थालेका छन् ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका र आठबिसकोट नगरपालिकाले मोवाइल एप्लीकेसन तयार गरी काम थालेका हुन् ।
नगरपालिकामा भए गरेका सम्पूर्ण गतिबिधि र सेवा प्रवाह सम्बन्धी जानकारी गराउने उद्देश्यले मोवाइल एप्लीकेसन प्रयोगमा ल्याइएको मुसीकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले बताउनुभयो ।
एकपट्क अपडेट गरेपछि यस मोबाइल एप्लीकेसनबाट इमेल इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको बेला पनि सेवाग्राहीले सम्पूर्ण सेवा तथा गतिबीधिका बारे जानकारी लिन सकिने बताइएको छ ।
मोबाइल एप्लीकेसन नेपाल सरकार, सुचना तथा सञ्चार बिभाग र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडिपीको साझेदारीमा निर्माण गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधवप्रसाद शर्माले बताउनुभयो ।
मोबाइल एप्लीकेसन प्रयोगमा आएसँगै स्थानीयहरुले पनि आफ्ना स्थानीय तहका गतिबिधिहरु हेर्नुका साथै स्थानीय तहसँग भएका गुनासाहरु राख्न सुरु गरिसकेका छन् । मुसिकोट नगरपालिका र आठबिसकोट नगरपालिकाले सुरु गरेको भएपनि अन्य स्थानीय तहले पनि मोवाइल एप्लीकेसन लगाएतका सुचनासँग सम्बन्धीत कार्यक्रमहरु संचालन गर्ने तयारीमा रहेको बताएका छन् ।
यो मोबाइल एप्लीकेसन आगामी दिनमा सेवाग्राहीको मागलाई मध्य नजर गर्दै सुचना तथा सञ्चार बिभाग र एलजिसिडिपीसँग समन्वय गरि थप सुधार गरिने मोवाइल एप्लीकेसन संचालनमा ल्याएका स्थानीय तहले बताएका छन् ।











प्रतिक्रिया