१ सय ८८ यात्रु बोकेको विमान समुद्रमा खस्यो


एजेन्सी,
१ सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको हो ।जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् ।

२१० जना यात्रु क्षमता भएको उक्त विमानमा दुई बालबालिकासहित १८८जना सवार छन्। उडेको १३ मिनेटपछि सो विमानको विमानस्थल कन्ट्रोल कक्षसँग सम्पर्कविहिन बनेको विभिन्न समाचारमाध्यमहरुले उल्लेख गरका छन् ।

फ्लाइट जेटी ६१० रहेको विमान जाभा क्षेत्रको समुन्द्रमा खसेर दुर्घटनाग्रसत भएको हो। लायन एयर इन्डोनेसियाको सस्तोमा सेवा प्रदान गर्ने भगिनी कम्पनी हो।

‘जाभा क्षेत्रमा दुर्घटना भएको विमानका यात्रुका सामग्रीहरु भेटिएका छन्। तर अझै सो विमान भेटिएको छैन। खोजी जारी छ।’ इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफले बताए ।

जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए । इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए ।

लायन एयरर्सको जेटी(६१० बिमान पाङकल पिनाङका लागि उडेको थियो । टेक अफ गरेको १३ मिनेटपछि सो जहाज एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो । दुर्घटना हुनुअघि पाइलटले जहाजलाई बिमानस्थलमा फर्काउने प्रयास गरेको देखिएको छ ।

‘कोही जिवित छन् कि छैनन् भन्ने हामीले पत्ता लगाउन सकेका छैनौं,’ बिमान कम्पनीले पत्रकार सम्मेलन आयोजना गरेर भनेको छ, ‘प्रार्थना र आशा भने हामीले गरिरहेका छौं ।’