नेपाल समाचारपत्र, कमाठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलन देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएका ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकले बिहान १० बजेतिर पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्।
प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहले प्रधानमन्त्री ओलीको शरीरमा सुगर केही बढेको र ज्वरो खोकीको समस्या देखिएको जानकारी दिइन्। भोलि सम्ममा ठीक हुने भए पनि अझै एक–दुई दिन अस्पतालमामै बस्नुपर्ने त्रिवि मनमोहन कार्डियोभास्कुलर सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए।
सेन्टरको सिसियुमा राखेर प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ। डा. अरुण सायमीको नेतृत्वमा दिव्या सिंह र छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहित पाँच चिकित्सक उपचारमा खटिएका छन्। ‘प्रधानमन्त्रीको स्वास्थ्यबारे हामी साँझतिर अर्को बुलेटिन सार्वजनिक गर्छौं,’ निर्देशक श्रेष्ठले भने।
प्रधानमन्त्री ओलीलाई दशैंपछि स्वास्थ्यमा समस्या देखिन सुरू भएको थियो। शुक्रबार साँझ ज्वरो आएका प्रधानमन्त्री ओलीलाई शनिबारदेखि खोकी सुरु भएको थियो।












प्रतिक्रिया