फेरि घट्यो पेट्रोल डिजेलको मूल्य


काठमाडौं । भारतमा पेट्रोल र डिजेलको मूल्यमा लगातार ओरालो लागेको छ । आइतबार पेट्रोलमा ४० पैसा र डिजेलमा ३३ पैसा कम भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ८० रुपैयाँ ०५ पैसा र डिजेलको प्रतिलिटर ७४ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

आर्थिक राजधानी मुम्बईमा पनि पेट्रोल र डिजेलको मूल्य घटेको छ । त्यहाँ पेट्रोलमा ३९ र डिजेलमा ३५ पैसा घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ ५४ पैसा र डिजेलको प्रतिलिटर ७७ रुपैयाँ ६१ पैसा कायम भएको छ ।