युएईमा रक्सी खाएर युवतीबिच चक्कु हानाहान, काठमाडौंकी सिर्जनाको ज्यान गयो


काठमाडौं । वैदेशिक रोजगारीका लागि युएइ (दुवई) पुगेका महिलाहरुबीच झगडा हुँदा एक नेपाली महिलाको जनाको ज्यान गएको छ ।

चक्कु हानाहान हुँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिएका छन् ।

सँगै काम गर्ने साथीहरुका अनुसार दशैं मनाउने भन्दै पाँच नेपाली महिलाले सँगै बसेर रक्सी खाएका थिए । त्यसबेला उनीहरुबीच विवाद भएको थियो । विवाद भएको एकहप्ता पछि चक्कु हानाहान भएको जनाइएको छ ।

नुवाकोटकी सोनी तामाङ

उनीहरु सारजहाँमा रहेको तान्जिफ्को क्लिनिङ सर्भिसेस एलएलसी कम्पनीका काम गर्नेहरु हुन् । उनीबीच दशैं मनाउँदा भएको विवादकै कारणले चुक्कु हानाहान भएको कम्पनीले पनि जनाएको छ ।

घटनाबारे कम्पनीले नेपाली दूतावासलाई जानकारी भने गराएको छैन । ‘शनिबार सार्वजनिका विदा भएकाले कम्पनी जानकारी नगराएको होला,’ कावा राजदूत फुयाँलले भने, ‘दूतावासले घटनाको बारेमा जानकारी लिने प्रयास गरिरहेको छ ।’

यसरी घट्यो घटना
दशैंको टीकाको दिन शुक्रबार परेकाले प्रायः सबैले दशैं मनाइरहेका थिए । त्यही दिन पाँच जना महिलाबीच विवाद भएको थियो । टीकाको एक हप्तापछि क्याम्प नजिकै अवैध रुपमा बंगाली नागरिकले बेच्ने रक्सी किन्न उनीहरु गएका थिए ।

रक्सी किन्न जाँदा दशैँको दिनको झगडाले फेरि उनीहरुबीच विवाद भयो । क्याम्पभित्र आएपछि सोनी तामाङले चक्कु चलाएकी थिइन् ।

घाइते चार जनालाई तत्काल सारजहाँकै अल क्यासिमी अस्पताल पुर्‍याइयो । तर आइसियूमा राखेर उपचार गराउँदा गराउँदै शुक्रबार राति नै सिर्जना बरालको ज्यान गयो ।

सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर उपचार गराएर शनिबार क्याप फर्किएका छन् भने ममता चौधरीको अवस्था गम्भिर रहेको दूतावासले जनाएको छ । चक्कु चलाउने सोनी तामाङसहित उपचार गराएर फर्किएका सलिना र आशालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वर्ष घि पनि यही कम्पनीमा कार्यरत जनकपुरका विरेन्द्र साहले छुरा चलाउँदा पाँचथरका रन्जित खपाङ्गीको ज्यान गएको थियो । चक्कु हानाहान भएकै कम्पनीमा दुई महिनाअघि अर्घाखाँचीकी रिताले खनालले आत्महत्या गरेकी थिइन् ।