बलिउडमा दीपिकाभन्दा कंगना महंगी !


एजेन्सी । बलिउडमा पछिल्लो समय दीपिका पादुकोनलाई सञ्जय लिला भञ्सालीले आफ्नो फिल्ममा हिरोलाई भन्दा हिरोनी दीपिकालाई ज्यादा पैसा दिएको बताएर हिरोइनको गुनासो सम्बोधन गरेका थिए ।

भञ्सालीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘पद्यावत’मा साहिद कपुर र रनवीर सिंहलाई भन्दा दीपिकालाई ज्यादा पैसा दिइएको थियो । ‘पद्यावत’ रिलिजको समयमा चलेको चर्चा अनुसार दीपिकाले ११ करोड लिएकी थिइन् जबकि रनवीर र साहिदले ७–८ करोड पाएका थिए ।

यो सँगै दीपिका बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री मानिएकी थिइन् । तर पछिल्लो खबर अनुसार दीपिकाबाट यो उपाधि कंगनाले छिनेकी छिन् ।

मिडियामा चलेको चर्चा अनुसार कंगनाले ‘मणिकर्णिका’मा १४ करोड लिएकी छिन् । यो फिल्ममा उनले पाएको रकम उनले यसअघि पाउँदै आएको रकमभन्दा दोब्बर हो।

‘मणिकर्णिका’ मा कंगनाले रानी लक्ष्मीबाईको चरित्र निर्वाह गरेकी छिन् । फिल्म २५ जनवरीका दिन अर्को वर्ष रिलिज हुँदैछ । यही फिल्मका लागि घोड सवारी र तलबारबाजीको प्रशिक्षण लिएकी कंगनाले फिल्मको स्टन्ट पनि आफैं गरेकी थिइन् ।