लोग्नेको रिसले दुर्इ नाबालकसहित अामाले विष सेवन गरिन


काठमाडाैँ । दैलेखमा एक महिलाले लोग्नेको रिसले दुर्इ छोरालार्इ विष खुवाएर अाफैँले पनि विष सेवन गरेकी छिन । दैलेखको महावु गाउँपालिका–१ बाँसीकी कल्पना नेपालीले ६ महिनाको छोरा अङ्कित नेपाली र ७ वर्षीय छोरा अायूष नेपालीलार्इ विष खुवाएर अाफूले पनि सेवन गरेको प्रहरीले जनाएको छ ।

विष सेवनबाट ७ वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए । आयूषको उपचारको क्रममा निधन भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । विषसेवन गरेका आमा कल्पना नेपाली र छ महिनाका अर्का छोरा अङ्कित नेपालीको अवस्था गम्भीर छ ।

उनका अनुसार कल्पनाका श्रीमान् सुजन नेपालीले दिनहुँजसो श्रीमतीलाई मदिरासेवन गरी कुटपिट गर्ने हुँदा कल्पनाले आफूले पनि विष सेवन गरेको र बच्चाहरुलाई पनि विषसेवन गराएको रहस्य खुलेको छ । शनिबार पनि विष सेवन गर्नुअघ श्रीमान श्रीमतिको बीचमा झगडा भएको स्थानीयले बताएका छन ।