सरकार पूर्णरुपमा असफलः निधि


पुष्कर बुढाथोकी, भक्तपुर
नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले सरकार पँर्णरुपमा असफल भएको बताउनुभएको छ ।नेपाली काँग्रेस आन्तरिक द्वन्द्वमा फस्दा त्यसको फाइदा कम्युनिष्टहरुले लिएको उहाँले बताउनुभयो । नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनको शनिवार उद्घाटन गर्दै उहाँले सरकारले नौ महिना बित्दा समेत आवश्यक कानुन निर्माण गर्न नसक्नुबाट सरकार असफल भएको स्पष्ट भएको बताउनुभयो ।

उपसभापति निधिले संविधानका अनुसँचीमा व्यवस्था भएका अधिकार प्रदेश सरकारलाई हस्तान्तरण नगर्नुले सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट हुन्छ भन्नुभयो । उपसभापति निधिले संविधान र सङ्घीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाउनुुभयो ।

उहाँले सरकार संविधान, सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा सरकार दुई तिहाइको दम्भले दिशाहीन र अलोकतान्त्रिक बन्दै गएको आरोप लगाउनुभयो ।उहाँले काँग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएकाले अब काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
जनताको नजरमा काँग्रेस अहिले पनि कमजोर नभएको भन्दै उहाँले काँग्रेसको आन्तरिक द्वन्द्वकै कारण काँग्रेस आन्तरिक रुपमा कमजोर भएको बताउनुभयो ।

उपसभापति निधीले काँग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, मिश्रित निर्वाचन प्रणाली शान्ति र अहिंसालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । वर्तमान सरकारले सङघीयता र कार्यान्वयनमा बाधा सिर्जना गरेको आरोप लगाउँदै उहाँले सरकारले भारत र चिनलाई मात्र रिजाएको टिप्पणी गर्नुभयो ।
नेपाली काँगेसका नेता रमेश लेखकले काँग्रेसले वस्तु राम्रो उत्पादन गरे पनि त्यसको व्यापार गर्न नसकेको गुनासो गर्नुभयो । लेखकले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले सरकार जनताको जीउधन र शान्ति सुरक्षा दिन असफल भएको दाबी गर्नुभयो ।अब काँग्रेस एक ढिक्का भएर अगाडि बढ्ने हो भने काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी हुने दाबी गर्नुभयो ।

नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं.२ का सभापति नारायण खायमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुलर्भ थापाले एकता, सहमति र सहकार्य लोकतन्त्र सुदृढीकरणको मँलमन्त्र भएको बताउनुभयो ।

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री पँर्व सांसद लेखनाथ न्यौपाने , क्षत्रीय सभापति प्रदीप कार्की लगायतले काँग्रेस अब जनतासामँ जानुपर्ने बताउनुयभो ।

कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुरका पँर्व सभापति द्वय लेखनाथ न्यौपाने र रामबहादुर ठकुरीलाई सम्मान गरिएको थियो । शनिवार र आइतवार दुईसम्म चल्ने सम्मेलनले प्रतिनिधिसँग रचनात्मक सुझाव सङ्कलन गर्ने र भक्तपुरमा काँग्रेसको अबको भँमिका बारेमा ठोस निष्कर्ष निकाल्ने जनाइएको छ ।

क्षेत्रीय सभापति नारायणभक्त खायमलीले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा मध्यपुर र सँर्यविनायक नगरपालिकाका २५० प्रतिनिधि सहभागी रहेको बताउनुभयो ।कार्यक्रममा जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।