व्यावसायिक बाख्रापालनमा रम्दै पूर्वलडाकू दम्पती


महेश न्यौपाने, रोल्पा
८ बर्ष माओवादी सेनाको लडाकु भएर विताईन रोल्पा नगरपालिका १० ह्वामाकी मिना घर्तीले । वृहत शान्ती संझौता संगै सेना समायोजन हुनु पँर्व झण्डै ३ वर्ष जनमुक्ती सेनाको ५ नम्वर मुख्यालय दहवनमै वित्यो उनको जीवन ।

माओवादी सेनामा रहदा मंगलचन्द्र सिंह घर्तीमगर संग जनवादी विवाह गरि दाम्पत्य जीवन सुरुआत गरेका घर्ती दम्पत्तीले शान्ती प्रकृया पछि सेना समायोजनमा स्वच्छिक अवकासको प्याकेज रोजे । स्वच्छिक अवकासमा जानेहरुलाई राज्यले दर्जा अनुसार केही रकम पनि दियो । घर्ती दम्पत्तीले अवकासवाट प्राप्त गरेको रकमले गाउँघरमै स्वरोजगार वन्ने निधोका साथ दहवनमा रहेको जनमुक्ति सेनाको मुख्यालयवाट बिदा भए ।

लामो समय माओवादी आन्दोलनमा पँर्णकालिन भएका कारण घर्ती दम्पतीलाई घरको व्यवस्थापन निकै चँनौतीपँर्ण थियो । राज्यले दिएको सिमित श्रोतवाट असिमित आवश्यकता पुरा गर्नु कम्ति चँनौतीपँर्ण थिएन दश वर्ष अघिको कुरा स्मरण गर्छिन मिना घर्ती । घर भग्नवशेषमा रुपान्तरण भएको, जग्गाहरु वाँझिदै गएका, भकारमा गाई भैसी भेडा वाख्रा रित्तिदै गएको अवस्थामा उनको जोडीलाई सवै कुराको नयाँ व्यवस्थापन गर्नु थियो ।

गाउँमा युवा युवतीको विदेश मोहले तिव्रता पाईरहेको वेला घर्ती दम्पत्तीको पनि मन नविग्रेको त हैन । श्रीमान श्रीमतीेको सल्लाह पछि गाउँमै वसेर स्वरोजार हुदै जनताको सेवामुलक राजनीति गर्ने सोंचले विदेश मोह भंग भयो । स्वरोजार हुन वाख्रापालन गर्ने निर्णयमा पुग्यो घर्ती दम्पत्ती । अवकासवाट प्राप्त रकम मध्ये घर व्यवस्थापन गरि वचेको रकम लगानी गरेर व्यवसायिक रुपमा वाख्रापालन गर्ने निधोमा पुग्यो घर्ती दम्पती ।

खोर निर्माण तथा वाख्रा खरिदमा ८ लाख लगानी गरेर वाख्रापालन सुरु गरेका घर्ती दम्पती संग अहिले स्थानीय जातका ४० वटा वाख्रा रहेका छन । युवा स्वरोजगार कार्यक्रम मार्फत २ लाख ऋण र कृषिका लागि उन्नत विउ विजन कार्यक्रम मार्फत ३ लाख अनुदान समेत कुल १३ लाख लगानी गरेर घर्ती दम्पती गाउँमै स्वरोजगार भएका छन ।

बार्षिक १० देखी १५ वटा वोका विक्री गर्दै आएका उनीहरुको हाल वाख्रापालनवाट वार्षिक डेढ, दुई लाख आमदानी हुने गरेको मिना घर्तीले वताईन । रोजगारी खोज्न वाहिर जानु परेको छैन, घरमै वसेर दुई चार पैसा आइरहेको छ मिना घर्तीले भनिन । युवा जनशक्ति विदेश पलायन संगै गाउँघरहरु रित्तिदै गएको वेला आफुहरु स्वेदशमै पसिना वगाउने संकल्पका साथ दिनरात लागि परेको घर्ती दम्पतीको भनाई छ ।

उनीहरुले वाख्राको मल विक्रिबाट समेत आमदानी गर्ने गरेका छन । प्रति वोरा २५० रुपैयाँका दरले वाख्राको मल विक्री गर्दै आएको घर्तीले जानकारी दिईन । स्थानीय जातको साथै उन्नत जातका वाख्रा समेत थप गर्ने योजना रहेको घर्ती परिवारले जानकारी दिएको छ । वोयर जातका वाख्रापालन गर्ने ईच्छा रहेको मिनाले वताईन । बोयर जातको वाख्रापालनवाट राम्रो आमदानी हुने सुनेको छु मिनाले भनिन ।

एक वर्ष अघि भएको स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिका ९ को वडा सदस्य निर्वाचित मिना राजनीतिका साथै समाज सेवामा पनि सक्रिय छिन । गाउँमा रहेका विभिन्न समँहमा सक्रियतापँर्वक सहभागिता जनाउने उनको अगुवाईमा पँर्ण सरसफाई अभियान, वाल विवाह न्यँनिकरण अभियान, छुवाछुत विरुद्धको अभियान जस्ता आधा दर्जन सामाजिक अभियानको समेत अगुवाई गरिरहेकी छिन ।