तरुणदलको कार्यसमिति कहिले बन्छ ?


रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली कांग्रेसले आफ्नो सशक्त भ्रातृ संगठन नेपाल तरुणदलको ६५औं स्थापना दिवश शनिबार पार्टी केन्द्रीय कार्यालयमा मनाएको छ । कार्यक्रममा कांग्रेस सभापति शेरवहादुर देउवालगायत पार्टीका अधिकांश शीर्ष नेताको उपस्थिति रह्यो । कार्यक्रममा तरुणदलको बहादुरीको ठँलो चर्चा पनि गरियो । तर दुई वर्षदेखि चार नेताको भरमा रहेको तरुणदलको केन्द्रीय कार्यसमितिलाई पँर्णता दिने विषयमा कुनै चर्चा भएन् ।

तरुण दलको संशोधित विधानअनुसार खुलातर्फ २३, प्रदेशबाट २८, महिलाबाट ८, आदिवासि जनजाति मधेसबाट चार÷चार जना, दलित अल्पसंख्यकबाट तीन÷तीन जना तथा थारु मुस्लिम बाट एक÷एक जना निर्वाचित हुनुपर्ने थियो । संशोधित विधानमा अध्यक्षले दुई सचिवसहित १६ जना मनोनित गर्ने व्यवस्था पनि गरिएको थियो । तत्कालिन अवस्थामा विभाजित दुई कांग्रेस एकीकरण पछि १४ वर्ष अघि ६ महिनाको लागि गठन गरिएको तरुणदलको तदर्थ कार्यसमितिको लामो समयपछि निरंकुश तरिकाले भए पनि अधिवेशन त सम्पन्न भयो तर, अहिलेसम्म कार्यसमितिले पँर्णता भने पाउन नसकेको बारे दरुण नेताहरुले पनि मातृपार्टीको ध्यानाकर्षण हुने गरी कुरा राख्न सकेनन् ।

तरुण दलको स्थापना दिवसका अवसरमा सभापति शेरवहादुर देउवाले विभिन्न कालखण्डमा मुलुक राजनीतिक परिवर्तनमा नेपाल तरुण दलको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो । आगामी दिनमा पनि देशको जिम्मेवारी काधमा लिन तयार रहन निर्देशन पनि दिनुभयो । देश र जनताको पक्षमा जिम्मेवारीपँर्वक दायित्व वहन गर्न तरुण दललाई आग्रह गर्नु भएका सभापति देउवाले आफ्नो सशक्त भ्रातृ संगठनको कार्यसमितिले दुईवर्ष देखि पुर्णता नपाएको विषयमा कुनै निर्देशन दिनु भएन ।

चार पदाधिकारीको भरमा चलेको तरुणदलको कार्यसमिति कहिले बन्ने अझै टुङ्गो छैन । दुईवर्ष अघि सम्पन्न भएको महाधिवेशनमा शीर्ष नेताहरुले भागवण्डा गरि अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन भएको घोषणा गरेपनि कार्यसमितिका अन्य सदस्यहरु अहिलेसम्म चुनिएका छैनन् । कांग्रेस भित्र रहेका चरम गुटलाई मिलाउन तरुणदलको ६१ सदस्यीय कार्यसमितिको आकार बढाएर ९५ सदस्यीय समिति बनाइएको बताए पनि अहिले तरुण दल चारजना पदाधिकारी मात्र छन् ।

दुईवर्ष अघि सम्पन्न महाधिवेशनमा सहमतिमा नेतृत्व चयन नहुने र आफुले चहेको व्यक्रि नेतृत्वमा नआउने पक्का भएपछि पार्टीका शीर्ष नेताहरुले दुई दिन लम्ब्याएर भएपनि आफु पक्षका नेताहरुलाई पदाधिकारीमा चयन गरेका थिए । महाधिवेशनमा अध्यक्षमा सभापति शेरवहादुर देउवा पक्षका जितजंग बस्नेत, उपाध्यक्षमा नेता कृष्णप्रसाद सिटौला पक्षका उत्तम चापागाई, महासचिवमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा खुमवहादुर खड्का पक्षका नेता विद्धान गुरुङलाई चयन गरिएको घोषणा गर्दै कार्यसमितिका बाँकी सदस्यपछि चयन गर्ने भन्दै महाधिवेशन सम्पन्न भएको बताएका थिए ।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले प्रजातन्त्रको सदृढिकरणको लागि युवा समुहलाई संगठीत गर्न तरुण दलको स्थापना गर्नुभएको थियो । तरुणदल स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारको भने कडा आलोचना गर्नुभएको थियो । निर्मला पन्तको हत्यारा उम्काउन सरकार नै लागिपरेको, देशमा अशान्ति, महङ्गि बढेको, शुसासन कायम हुन नसकेको, जताततै राजनीतिक हस्तक्षप गरेको जस्ता आरोप लगाउदै सभापति देउवाले वर्तमान सरकारको आलोचना गर्नुभएको थियो ।

कार्यक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले राष्ट्र, राष्ट्रियता र जनहित विपरितको जुनसुकै कदमविरुद्ध पनि तरुणदल उत्रने भन्दै तरुणदल बीपीको विचार तथा आदर्शको बाटोमा सधै हिँडेको बताउनुभएको थियो । हत्या हिंसा विरुद्ध लड्न सक्ने तागत बोकेको तरुण दलको कार्यसमितिले अहिले सम्म पुर्णता नपाएको बारेमा उहाले खासै कुरा राख्नु भएको थिएन ।

महासमिति बैठक भृकुटीमडपमा
नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा बस्ने निर्णय भएको छ । महासमिति बैठक तयारीका सन्दर्भमा शनिवार बसेको सभापति शेरवहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रिय पदाधिकारी तथा उपत्यकाका तीनै जिल्ला कार्यसमितिको सयुक्त बैठकले यो निर्णय गरेको हो ।

विधान संशोधन गर्ने मुख्य एजेण्डाका साथ कांग्रेस महासमिति बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रिय समितिको गत भाद्र ९ गते बसेको बैठकले मंसिर ५ देखि ९ गते सम्म महासमिति बैठक बस्ने निर्णय गरिसकेको छ । महासमिति बैठकको मिति तोकिए पनि स्थान भने तोकिएको थिएन ।

बैठकमा सभापति देउवाले नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा रहने स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र यहि कार्तिक १६ गते आयोजना हुने कांग्रेसको जलपान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई व्यवस्थित रुपमा भव्य र सब्य बनाउन निर्देशन पनि दिनु भएको छ ।

शनिवार नै बसेको स्थानीय व्यवस्थापन तयारी समिति र उपत्यकाको तीनै जिल्ला कार्यसमितिको बैठकले महासमिति बैठक र चियापान समारोह कार्यक्रम व्यवस्थित बनाउन तीनै जिल्लाका कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ ।

साथै महासमिति बैठक सम्पन्न गर्नको लागि विभिन्न उपसभिति गठन गर्ने सन्दर्भमा भोली सोमबार अपरान्ह पुन बैठक बस्ने कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनु भएको छ ।