काभ्रेमा जीप दुर्घटना: डिआइजी शुसील भण्डारी सहित चारजनाको मृत्यु


 

ज्ञानमणि नेपाल कालोटोपी, मण्डनदेउपुर काभ्रे ।

काभ्रेको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा अाज दिउँसो जीप दुर्घटना हुँदा  डिआइजी  शुसील भण्डारी सहित सहित चारजनाको मृत्यु भएको छ  ।


जिल्लाको मन्डनदेउपुर नगरपालिका ५ स्थित ढकालथोकमा बा ३ च २८७ नं को जिप पल्टिदा डिआइजी  शुसील भण्डारी सहित सहित चारजनाको मृत्यु भएको हाे।

दुर्घटनामा मण्डनदेउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्कीको पनि मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्र प्रसाद ढकालले जानकारी दिए । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको छ । जिपमा सवारहरु मण्डनदेउपुरकै एउटा ढुङ्गाखानी निरिक्षण गर्न गएको बुझिएको छ ।


यस्तै काभ्रेको पाँचखाल नगरपालिकास्थित तिनपिप्लेको मोडमा शनिबार नै भएको अर्को दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो । मृत्यु हुनेमा तिनपिप्लेकै कमल गौतमकी श्रीमती ५६ वर्षकी रञ्जना गौतम रहेको प्रहरीले जनाएको छ । सो घटनामा मोटरसाइकल चालक श्रीमान घाइते भएको र पछाडि बसेकी श्रीमतीको मृत्यु भएको हो । उनीहरु बनेपा अस्पतालबाट तिनपिप्ले स्थित घर फर्कदै थिए ।


अहिले घटनास्थलमा प्रहरी पुगेको र सो क्षेत्रको सवारी आवागमन बन्द भएको धुलिखेल प्रहरी कार्यालयले जनाएको छ । अरनिको राजमार्ग र यस आसपासमा टिपरले मान्छे मारेका घटनाहरु हप्तै पिच्छे आइरहेका छन् । तैपनि नियन्त्रणमा बसैले चासो नदिएको स्थानियहरुले बताए ।