खोटाङमा सुमो पल्टियो, यात्रु सकुशल


रामधन राई, खोटाङ ।
खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलखर्कवजारवाट काठमाण्डौंतर्फ लागेको सुमो पल्टेको छ । आज शनिवार बिहान ९ जना यात्रु बोकेर काठमाण्डौं लागेको ना १ ज ४२७६ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वोजे ओडारमा सडकमै पल्टेको हो ।

दिनको १ बजे सुमो पल्टँदा यात्रुहरु सामान्य घाईंते वनेको स्थानीयले जनाएका छन् । सुमो पल्टिएपछि अर्को सुमोमा यात्रुहरुलाई पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।