मुलुकको विकास र समृद्धिका लागि सबै अग्रसर हुनुपर्छः नेता गच्छदार


विराटनगर ।
नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावनाअनुसार सरकार चल्नुपर्ने बताउनुभएको छ ।

प्रभात कृषक समूह र बूढीगङ्गा गाउँपालिकाद्वारा मोरङ सुकचारमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि सरकार संविधानको मर्म र भावनाअनुरुप अगाडि बढ्न सक्नुपर्दछ ।”

नेता गच्छदारले मुलुकको विकास र समृद्धिका लागि सबैले अग्रसरता देखाउनुपर्नेमा जोड दिदैं थारु जातिको भाषा, संस्कृति र पर्वलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।

प्रभात कृषि समूहका अध्यक्ष राजकुमार माझीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।