भगत हत्याकाण्डमा संलग्न ६ जना पक्राउ


सरोज यादव, विराटनगर ।
विजयादशमीको दिन विराटनगरमा भएको हत्याकाण्डमा संलग्न अभियुक्त पक्राउ परेका छन् ।

गएको कार्तिक २ गते दशैंको मेला घुम्ने क्रममा हत्या गरिएका विराटनगरका १४ का राहुल भगतको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । सो प्रक्ररणमा संलग्न ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ गरिएकामध्ये विराटनगर ११ का १८ बर्षिय कुहिरा भन्ने बिशाल सहनीलाई सार्वजनिक गरेको छ । अन्य ५ जना अभियुक्तहरुलाई भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरु १६ बर्षदेखि १८ बर्ष उमेर समूहका रहेकाले सार्वजनिक नगरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

मेला घुम्न गएका साथीहरुबीच सामान्य भनाभन र झगडा भएकै आधारमा अभियुक्तहरुले घेराहाली मृतक भगतलाई छुरा प्रहार गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुलेको उनले जानकारी दिए । पक्राउ गरिएकाबिरुद्ध कर्तब्य ज्यान मुद्दाअन्र्तगत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।