मेरिटाइम सिल्क एक्स्पोमा प्रवक्ता श्रेष्ठ


काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीनको गोन्जाओमा हुन लागेको ‘मेरिटाइम सिल्क रोड इन्टरनेशनल एक्स्पो’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुहुने भएको छ ।

ग्वान्जाओस्थित बैयान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यही कात्तिक ९ गते हुने ‘बेल्ट एण्ड रोड ग्रिन इण्डस्ट्रियल इन्ट्रिगेसन फोरम’ को उद्घाटन सत्रलाई उहाँले सम्बोधन गर्नुहुनेछ । सम्मेलनका क्रममा बेल्ट एण्ड रोड सहकार्यका संयन्त्र र पर्यावरणीय कृषि, विज्ञान तथा प्रविधि, वातावरण, नवऊर्जा तथा अन्य हरित उद्योग परियोजनाका बारेमा समेत छलफल हुनेछ ।

यही कात्तिक ८ देखि ११ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न देशका सरकारका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा विभिन्न देशका १५० भन्दा बढी प्रतिनिधि तथा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष स्यामललगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको सहभागिता रहनेछ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।