सञ्चारकर्मी खड्काको अवस्था अझै अज्ञात



विमल बिष्ट, डोटी ।

बडीमालिका मेला बाट एकाएक बेपत्ता भएका डोटीका संञ्चारकर्मी तेजबहादुर खड्का ‘तेजु’ हराएको दुई महिना हुन लाग्दा समेत उनको अवस्था अझै अज्ञात रहेको छ । गएको भदौ ९ गते बाजुरा जिल्लाको बुढीनन्दा मेलाबाट घर फर्किने बेला बेपत्ता भएका खड्काको अवस्था वारे केही थाहा हुन नसकेको हो । उहाँकोे खोजीको लागि सरकारी निकायहरुको लारपावाही देखिएको डोटीका सञ्चारकर्मीहरुको आरोप छ । खोजी तथा छानविनका लागि गठन भएको मिसन टोलीहरुको पनि उदासिनता देखिएको उनिहरुको आरोप छ ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष समेत रहेका खड्काको खोजी कार्यमा ध्यान दिन विभिन्न निकायलाई आग्रह गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताउनु भयो । प्रेस युनियनमा आवद्ध सञ्चारकर्मी खड्काको लागि युनियका केन्द्रिय अध्यक्ष वद्री सिग्देलको नेत्वममा केही महिना पहिले मिसन टोली पनि वनाइएको थियो । सो टोलीले धनगढी हुँदै घटनास्थल रहेको वाजुरा जिल्लासम्म जाने भनेपनि त्यहाँ नपुगेको भन्दै डोटीका सञ्चारकर्मीहरु निरास भएका हुन् । सरकारले ‘तेजु’ को खोजी कार्यमा खासै चाँसो नदेखाएको प्रेस युनियनको आरोप छ । सञ्चारकर्मी खड्का वेपत्ता भएपछि नेपाली सेनाको हेलिकप्टर र सुरक्षा निकायको टोली पठाएर छानविनको प्रयास गरिएको थियो । तर टोलीले त्यहाँ स्थलगत अध्ययन गरे पनि कुनै कुरा पनि पत्ता लगाउन सकेन् ।

प्रतिक्रिया दिनुहोस्