सलिम अन्सारी , प्युठान। बलात्कारको आरोपमा प्युठानमा एकजना पक्राउ परेका छन दक्षिणी प्युठानको सरुमारानी गाउपालिका –४ का एक २० बर्षिया युवक पक्राउ परेका हुन् । शनिबार राती प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो। उनलाई स्थानिय ३८ बर्षिया महिला माथी करणि गरेको आरोप लागेको छ।
गत असोज २० गते महिलालाई करणि गरिरहेको देखेपछी महिलाकी सासू र देउरानीले स्थानियलाई खबर गरेका थिए। बलात्कारको घटना गाउँ मै मिलापत्र गर्ने प्रयास असफल भएपछी मात्र यो घटना प्रहरी कहाँ पुगेको हो। आरोपित युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।











प्रतिक्रिया