धनवीर दाहाल, रुकुम ।
एक महिलालाई जवरजस्ती गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका–५, हुकाम रुकुमपूर्वका ३० बर्षिय सविन भनिने सुविन्द्र घर्ती मगरलाई प्रहरीले पक्रेको हो ।
बाँफिकोट गाउँपालिका घर भै मुसीकोट नगरपालिका–१, मा डेरा गरी बस्ने ३० बर्षीया एक महिलालाई बलात्कार अभियोगमा घर्ती पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनु भयो । असोज २२ गते राती १२ बजे जवरजस्ती करणि गरेका घर्ती २३ गते विहान साढे १ बजे पक्राउ परेका थिए ।
जवरजस्ती करणि गरेको सूचना पाए लगत्तै परिचालन भएको प्रहरीले घर्तीलाई पक्रेको थियो । घर्तीको साथबाट पीडित महिलाको एउटा मोवाइल सेट र नगद १६ हजार समेत बराम गरिएको डिएसपी खड्काले बताउनुभयो ।
प्रहरीले घर्तीलाई विहीबार विहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पीडित महिलाले आफूमाथी जवजजस्ती करणि गरेको तथा २० हजार नगद चोरेर लिएको उजुरी दिएकी छिन । घर्ती विरुद्ध जवरजस्त करणि उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया