मौसममा बदली, केही ठाउँमा पानी पर्ने संभावना


काठमाडौं । बंगालको खाडीमा बनेको चक्रवातको प्रभावले उपत्यकासहित मध्य र पूर्वको केही ठाउँमा फाट्टफुट्ट पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धेरै ठाउँको मौसम बदली भएको छ । विहीबार पूर्व र मध्य क्षेत्रको मौसम खुल्ने संभावना कम छ । पश्चिमको मौसम भने एकैछिन खुल्दै फेरि बदली हुनेछ ।

चक्रवातको असर शनिबार सम्म नै पर्ने संभावना छ भने विहीबार केही ठाउँमा हल्का पानी पर्ने अनुमान रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।