नेकपाको दैनिक कार्य सञ्चालन गर्न कमिटी


मोतीराम तिमल्सिना, काभ्रे
जिल्ला नेतृत्व टुङ्गिन समय लागेपछि नेकपा काभ्रेले दुबै पार्टीका पदाधिकारीहरु रहने गरी जिल्ला तथा तल्ला कमिटीहरु चलायमान बनाउने निर्णय गरेको छ ।

बुधबार जिल्ला कमिटी काभ्रेको कार्यालयका नेकपा स्थायी कमिटी सदस्य एंवम प्रदेश नं. ३ इन्र्चाज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा सह इन्र्चाज हित ब. तामाङ, ३. नं. प्रदेशका अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बैठक बसेको थियो । बैठकको संचालन ३. नं. प्रदेश सचिव आनन्द प्रसाद पोखरेलले गरेका थिए । बैठकले साविक नेकपा एमालेका जिल्ला इन्चार्ज इश्वरी रिजाल, जिल्ला अध्यक्ष टोकबहादुर वाईवा, उपाध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे र उप सचिव इन्द्रबहादुर तामाङ तथा एकिकृत नेकपा माओवादीको तर्फबाट जिल्ला इन्चार्ज सुर्यमान दोङ्ग, सह इन्चार्जहरु तेजबहादुर मिजार, गंगाबहादुर दोङ्ग, दिनानाथ गौतम र जिल्ला संयोजक रुकु चौलागाई रहेको दैनिक कार्य संचालन गर्ने अधिकार प्राप्त कमिटी गठन गरेको छ ।

त्यस्तै बैठकले नेकपाको जिल्ला कार्यालय पुर्व (एमाले) को जिल्ला कार्यालय बनेपा काभ्रेबाट संचालन गर्ने निर्णय गरेको छ । स्थानीय स्तरका पार्टी कार्यालयहरु स्थापना र सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको कार्यालय सचिव बसुन्धरा हुमागाईले जानकारी दिए । कार्यालय नियमित संचालन गर्नका लागि कार्यालय सचिवमा बुसुन्धरा हुमागाई र सहायक सचिब राजकुमार तामाङलाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

विजया दशमी तथा शुभदिपावलीको उपलक्ष्यमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम गर्ने, उक्त कार्यक्रम स्थानीय स्तरका कमिटिहरुमा समेत गर्न निर्देशन दिएको छ । नेकपाको काभे्र जिल्ला माताहतका तल्लो कमिटिको एकिकरण गर्ने कामलाई नियमित बैठक वसी अगाडि बढाउने निर्णय गरेको छ । पुर्व ने.क.पा (एमाले) र माओवादी केन्द्र को काभ्रे जिल्ला भित्र रहेका सम्र्पुण संगठित सदस्यहरुलाई एकिकृत गरी अभिलेख राखी प्रदेश र केन्द्र मा पठाउने र पुर्व दुबै पार्टीमा रहेको सम्पुर्ण सम्पती तथा दस्तावेज एकिकृत गरी अभिलेख गरि राख्ने निर्णय गरेको बताईएको छ ।