१ किलो नक्कली सुन बेच्ने २ जना नियन्त्रणमा


पुष्कर बुढाथोकी, भक्तपुर
नेपालीहरुको महान चाड दशै, तिहार नजिकिएसंगै ठगी र चोरीका घट्नामा बृद्धि हुन थालेका छन् । प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर सुरक्षा गस्ती, पेट्रोलिङ बढाए पनि दिउँसोको समयमा चोरी र नयाँ नयाँ ढंगले गठी गर्ने क्रम बढेर गएको छ । पछिल्लो समय सर्वसाधारण छिटै पैसा कमाउने लोभमा पनि बढी ठगिने गरेका छन् ।

त्यसैको पछिल्लो उदाहरण हो, काठमाडौंको जडिबुटीमा भएको घट्ना । बुवा र दाजुले सुन पसल गर्दै आएका एक युवा आफै व्यवसाय गर्ने भन्दै रकम मागेर एक किलोको ४५ लाख रुपियाँ पर्ने एक किलो सुन करिव २३ लाखमा किने । किनेकै दिन त्यो सुन नक्कली भन्ने खुलासा भएपछि उनको होस हवास उड्यो । त्यति वेला सम्ममा ठगी गर्ने भागिसकेका थिए । घटना असोज १९ गतेको हो ।

भकुण्डे घरभई काठमाडौंमा बस्ने पीडित युवा प्रहरीमा गएपछि प्रहरीले गठी गर्नेमध्ये दुई जनालाई काठमाडौको जोरपाटीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको टोलीले ५१ हजार नगद, चार थान मोवाईलसहित गठीमा संलग्नलाई पक्राउ गरेको हो । बृत्त प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, पक्राउ पर्नेमा सिन्धुपाल्चौकको मेलन्चीका बिशाल तामाङर शुभाष तामाङ रहेका छन् । घट्नामा संलग्न अन्य व्यक्तिको खोजी भइराखेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताउनुभयो ।