रात्रीबसमा तीनजना बेहोस भेटिए

0
Shares

नेपाल समाचारपत्र, रामेछाप । काँकडभित्ताबाट रामेछापको मन्थली आएको रात्रिबसमा ३ जना यात्री बेहोस अवस्थामा फेला परेका छन् ।
बुधबार बिहान मन्थली आएको ना ६ ख २५३३ नम्बरको बसमा दोलखा वैतेश्वर गाउँपालिका ५ का ३ जना बेहोस भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बेहोस अवस्थामा फेला पर्नेमा वैतेश्वर ५ का बर्ष ६५ का शम्भु दाहाल, ३८ बर्षका शम्भु क्षेत्री र वर्ष २२ का मनिष थामी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बेहोस तीनै जनाको मन्थलीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतको विभिन्न स्थानमा काम गरी दसैं तिहार मनाउन घर आउदै गरेका उनीहरुको साथबाट ५० हजार नगद लुटपाट गरेको हुनसक्ने आशंका गरिएको छ ।