ट्याक्सीले हान्दा मोटरसाइकल चालकको मृत्यु


काठमाडौं । काठमाडौंको सितापाइलामा ट्याक्सीको ठक्करबाट एकजना मोटरसाईकल चालकको मृत्यु भएको छ ।

काठमाडौंको सितापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु छ भने १ जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल चालक काभ्रेपलान्चोकको रोशी गाउँपालिका घर भई कलंकी बस्ने २३ बर्षीय निरज लामाकोको मृत्यु भएको छ ।

राति १२ बजे दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भुमा गएराती पौने २ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाईकलमा पछाडी सवार रोशी गाउँपालिकाकै २३ बर्षीय प्रकाश तामाङ्गको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको छ ।