तलबभत्ता कहिले पाउने ? जिल्लाका सरकारी कर्मचारी घरको न घाटको अवस्थामा



शालिकराम चालिसे, नुवाकोट ।
देश संघियतामा गएसँगै खारेजीमा परेका भनिएका नुवाकोटमा रहेको विषयगत कार्यलयमा कार्यरत करिव पाँच दर्जन कर्मचारीहरु यतिवेला घर को न घाटको अवस्थामा पुगेका छन ।

 

साविकका सरकारी कार्यलय कुन रुपमा राख्ने र कर्मचारीको भुमिका के हुने भन्ने विषयमा केन्द्र र प्रदेश सरकारले अझै टुङ्गो लगाउन नसक्दा कर्मचारीमा अन्यौलता त छाएको छ नै कहिले तलब कहिले आउला र घर व्यवहार चलाउँला भन्ने जिज्ञासा समेत देखिएको छ । नुवाकोटमा रहेका सरकारी कार्यालयहरु जिल्ला कृषि विकास कार्यलय, पशु विकास कार्यलय, जिल्ला वन कायर्यलय, शिक्षा विकास तथा समन्वय एकाई र खानेपानी डिभिजन कार्यालय लगाउतका कर्मचारीहरु यति बेला कहिले तलब आउँला र घर व्यवहार चलाउँला भनेर बसीरहेका छन । अहिले जिल्लामा रहेका कतिपय कार्यलयले साइनबोर्ड फेरेका छन भने केहीमा पुरानै छ र के काम गर्ने र के नगर्ने भन्नेमा समेत कर्मचारहिरु अन्यौलमा मात्र परेका छैनन कहिले तलब भत्ता आउने हो भन्दै केन्द्रीय कार्यलयसँग सोधी रहेका पनि छन ।

 

 

साविकका जिल्ला कृषि विकास कार्यलय, पशु विकास कार्यलय, जिल्ला वन कायर्यलय, शिक्षा विकास तथा समन्वय एकाई र खानेपानी डिभिजन कार्यालय, भु संरक्ष्ण कार्यलयमा कार्यरत कर्मचारीको हाजीर कहाँ हुने भन्ने टुङ्गो नलागेको र ती कार्यलयमा सरकारी बजेट विनीयोजन नभएकोले तलबभत्ता कहाँबाट खमने भन्ने विषयमा अन्यौलता छाएको जिल्ला पशु कार्यलय नुवाकोटको निमित्त प्रमुख वकहर मण्डलले बताए । कामु मण्डलले कार्यलयका कर्मचारीले तलब नपाएको २ महिना हुन लागेको बताए । उनले भने कार्यलय पदेशमा नै रहने निश्चित भएपनि तलब निकासा नभएकोमा कर्मचारीमा अन्यौलता आएको बताए । त्यस्तै समस्या जिल्ला कृषि विकास कार्यलय, खानेपानी तथा सरसफाई डिविजन कार्यलय, जिल्ला वन कार्यलय र शिक्षा विकास तथा समन्वय एकाईका कार्यलयको कर्मचारुमिा समेत परेको छ । समयमा नै तलब नआउँदा शिक्षा विकास तथा समन्वय एकाईका कार्यलयका कर्मचारीमा समेत अन्यौलता छाएको प्रमुख मदन कुमार थापाले बताउनुभयो । प्रमुख थापाले कार्यलयका कर्मचारीको तलब शिक्षा विभागबाट आउने निश्चत भएपनि निकासा नहुँदा चाडपर्वको समयमा विशेषगरी टाढाटाढाबाट आचएका कर्मचारी मर्कामा परेको उहाँले बताउनुभयो ।

 

गएको साउन महिनादेखि नै तलबभत्ता नपाएको र चाडपर्व समेत नजिकैँदै गएको अवस्थामा कहिँले कताबाट तलबभत्ता पाउने र चाडबाड मनाउने भन्नेमा जिल्लाका प्रदेश अन्र्तगत रहेका सरकारी कार्यलयका कर्मचारी अन्यौलमा परेका छन । साउनदेखि नै तलबभत्ता पाएको छैन, कर्मचारीहरुको बिजोक हुनलागी सक्यो खानेपानी तथा सरसफाइई डिभिजन कार्यलयका ईन्जिनियर राजीव रिमालले भने । ईन्जिनियर रिमालले दशैसम्ममा नि तलब नआउने होकी भन्ने आंशका कर्मचारीमा परेको बताए । तलब निकास गर्न प्रदेश र केन्द्रमा कार्यलयका प्रमुखले नियमति सम्पर्क गरे पनि कार्यलयकै टुङ्गो लागि नसकेकोले समस्या भएको रिमालको भनाई छ । जिल्लाभर प्रदेश अन्र्तगत रहने कार्यलयको तलब निकासा नभएको कोष तथा लेखा नियन्त्रण कार्यलय नुवाकोटले जनाएको छ । कार्यलयका अनुसार प्रदेश अन्र्तगत रहेका जिल्ला कृषि विकास कार्यलय, पशु विकास कार्यलय, जिल्ला वन कायर्यलय, शिक्षा विकास तथा समन्वय एकाई ,खानेपानी डिभिजन कार्यालय र भु संरक्ष्ण कार्यलयका कर्मचारीको तलब निकासा साउन महिनादेखि भएको छैन ।

 

यसैबीच लामो समयसम्म कर्मचारीको तलब निकासा नहुँदा कर्मचारीको मनोबल गिर्ने आधिकारी ट्रेड युनियन नुवाकोटका कार्यवाहक अध्यक्ष मछिन्द्रसिंह क्षेत्रीले बताए । कर्मचारीको पनि परिवार र बाल बच्चा भएको भन्दै यनले जिल्ला वाहिर गएर बस्ने कर्मचारी बढी मर्कामा परेको उनले बताए । लामो समयसम्म तलब नआउँदा होटलवाला र घरभेटीले भाडा मागेर पनि कर्मचारीमा विश्वास नगर्ने अवस्था आईसकेको उहाँको भनाई रहेको छ । क्षेत्रीका अनुसार देश संघियतामा गएसँगै केन्द्र र प्रदेश सरकार नै अन्योलमा परको अवस्थामा तलब नआएको भन्दै आफुहरुले यो समस्याको वारेमा केन्द्रमा छलफल गरिरहेकोे बताउनुभयो । तलब खुवाउने त निश्चित छ तर कहिले खुवाउला भन्नेमा मात्र अन्यौलता आएको उनले बताए । त्यस्तै निजामति कर्मचारी युनियन संघ नुवाकोटका अध्यक्ष निलमकुमार भुसालले केन्द्र सरकारले प्रदेश नं ३ को सरकारलाई तलबको भनिसकेको र प्रदेश सरकारले कोलनिकालाई अख्तियारी नगरेकोले कर्मचारीको तलब नआएको बताए । उनले आफुहरु सधै निजामति कर्मचारीको हकहितमा लागिपरेको भन्दै यस विषयमा माथिल्लो निकायमा छलफल चलिरहेको बताए । भुषालले भने “अहिले देशमा संक्रमणकालिन अवस्था रहेकोले त्यस्तो समस्या देखिएको हो कर्मचारीको तलब असोजमहिनासम्म आइपुग्छ त्यसमा सबै ढुक्क भए हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्