काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जटिल बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अझै चुस्त बनाइने बताउनु भएको छ ।
उक्त कुरा प्रहरी महानिरीक्षक खनालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको निरीक्षण एवं अनुगमन गर्ने क्रममा आइतबार बताउनुभएको हो ।
ट्राफिक प्रहरीको पूर्वाधार र प्रविधि विकास तथा ट्राफिक व्यवस्थापन सुधारका लागि सम्बन्धीत निकायसँग समन्वय गरी काम गरिने उहाँले बताउनुभयो । ट्राफिक कारवाही सुधारका लगि भएकोले सोही अनुसार व्यवहार गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
सो क्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।











प्रतिक्रिया