जिप दुर्घटना हुदा १९ जना घाईते

0
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।
सुर्खेतको सिम्ता गाँउपालीकामा जिप दुर्घटना हुदा १९ जना घाईते भएका छन् ।
पुर्वी सुर्खेतको सिम्ता गाँउपालिकाको काफलकोटबाट बाखर्क तर्फ जाँदै गरेको लु २ च १९०९ नम्बरको जिप सुर्खेत सिम्ता दुरपालमा दुर्घटना हुँदा १९ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा दैलेख गुरास गाउपालिका की २३ वर्षीया निर्मला खडका, सुर्खेत सिम्ता गाउपालिका वडा न २ का २२ वर्षिय अशोक सिह र सोही ठाउका ४४ वर्षिय तिलक बुढा र जिप चालक गुर्भाकोट नपा ४ सहारे सुर्खेतका ३० वर्षिय दिनेश बिक सहित १९ जना रहेका छन् ।
ईलाका प्रहरी कार्यालय राकम वादेपिपलका अनुसार सबै घाइतेहरुको अवस्था सामान्य रहेको छ ।
घाइतेहरुलाई उपचारको लागि नेपालगन्ज लगिएको ईलाका प्रहरी कार्यालय राकम सुर्खेतका प्रहरी नायब निरिक्षक दामोदर अधिकारीले जानकारी दिए ।
जिपको क्राउन भाचिएर दुर्घटना भएको र जिप सडक बाट १० मिटर तल खसेको प्रहरीले अधिकारीले वताए ।