सरिता चलाउने, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालीकाले जेष्ठ नागरिकहरु लाई सम्मान गरेको छ । गाउँपालिकाको नीती तथा कार्यक्रम अनुसार जेष्ठ नागरिकहरु सम्मानीत भएका हुन । ७५ वर्ष नाघेका पुरुष जेष्ठ नागरिकलाइ आइतबार बुवाको मुख हेर्ने दिनको अवसरमा सम्मान गरिएको गाउँपालिकाले जानकारि दिएको छ ।
कपुरकोटमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले दोसल्ला ओढाएर सम्मान गर्दै संसार देखाउने बाउआमालाइ हरेक सन्तानले सम्मान गर्न सक्नुपर्ने भन्दै बृद्धबृद्धाको सम्मानले मात्र धर्म परम्परा जिवित रहने बताए । आमाको मुख हेर्ने दिनमा महिला जेष्ठ नागरिकलाइ सम्मान गरिने जनाउँदै उनले समाज रुपान्तरणका लागि ज्येष्ठ नागरिकले गरेको गरिमामय भूमिकालाई सन्ततिहरुले कहिले पनि भुल्न नहुने बताए । अध्यक्ष सेनले गाउँपालिकाभरिका जेष्ठ नागरिकहरु जम्मा भएर विगतका अनुभव आदानप्रदान गर्ने, भजनकृतनमा रमाउने वातावरण सृजना गर्न छिट्टै जेष्ठ नागरिक भवनको व्यवस्थापनमा आफुहरु लागेको बताए ।

सम्मान पाएपछि खुसि व्यक्त गर्दै जेष्ठ नागरिक अम्बर बहादुर सेनले कपुरकोट गाउँपालिकाको बृद्धबृद्धालाइ सम्मान गर्ने निती अनुसार हरेक सन्तान र समाजका हरेक व्यक्तिले आफ्ना बुवाआमाको ख्याल राख्नुपर्ने धारणा राखे । उनले अझै आफुहरु समाजमा र घरमा समेत अपहेलित हुनुपरिरहेको जनाउँदै सरकारले विशेष सेवासुविधा जेष्ठ नागरिकलाइ उपलव्ध गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा नम्बर ३ मा ७५ वर्ष उमेर नाघेका ८ जना जेष्ठ नागरिकलाइ सम्मान गरिएको थियो । वडा सचिव गुरु प्रसाद योगीले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष मिन बहादुर सेनले जेष्ठ नागरिकको सम्मानका लागी यो सानो कदम भएको जनाउँदै आगामी वर्ष जेष्ठ नागरिकको सम्मानका लागी अन्य फरक कार्यक्रम बनाइने जनाए । प्रत्येक वर्ष बुवा÷आमाको मुख हेर्ने दिनको अवसर पारेर ७५ वर्ष माथीका जेष्ठ नागरिकलाइ सम्मान गर्ने निती लिएको छ । जस अनुसार गाउपालिका भित्रका ६० भन्दा बढि जेष्ठ नागरिक (पुरुष) लाइ आइतबार सम्मान गरिएको छ भने आमाको मुख हेर्ने दिनको अवसरमा जेष्ठ नागरिक (महिला) लाइ सम्मान गरिने गाउँपालिकाले जनाएको छ ।











प्रतिक्रिया