मिश्र विरुद्दको सुनुवाई भोलि सोमबार

0
Shares

काठमाडौं ।
प्रस्तावीत प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्दको सुनुवाई भोलि सोमबार हुँदैछ । समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश मिश्र विरुद्द परेका उजुरीको सुनुवाई गर्ने निर्णय गरेको समिती सदस्य पूर्णाकुमारी सुवेदीले नेपाल समाचारपत्रलार्इ जानकारी दिनुभयो ।

उहाँविरुद्ध परेका उजुरीहरु माथि उजुरीकर्तासँग आइतवार सोधपुछ गरिएको थियो । प्रस्तावित प्रधानन्यायाधीश बिरुद्ध चार वटा उजुरी परेपनि एउटा उजुरी फिर्ता लिइएको भएको थियो । यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिश गरेकोमा समितिले उहाँको नाम अस्वीकृत गरेको थियो । जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतताका आधारमा न्यायाधीश मिश्रको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।