बाघको दाह्रा ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ

0
Shares

रसुवा ।
बाघको दाह्रा ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । चीनसँगको अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–३ का ३१ वर्षीय मंगल बहादुर घले र रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा कामी तामाङ रहेका छन ्। घलेलाई भदौ ११ गते पक्राउ गरिएको र तामाङलाई शनिबार पक्राउ गरिएको रसुवाका प्रहरी निरीक्षक ओम प्रकास वाग्लेले बताए ।
ना ६ ख ४९४२ नम्बरको कन्टेनरको गेयर बक्समा ४ थान बाघको दाह्रा लुकाएर राखेका थिए। ओासार पसारमा संलग्न दुई जना फरार रहेका उनको भनाइ छ। बाघको दाह्रा रहेको सुराकीको आधारमा रसुवागढी प्रहरी चौकी र सीमा प्रहरी चौकी टिमुरेले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये घलेलाई लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाइएको छ भने तामाङलाई आइतबार बुझाईको छ ।