मृतकका परिवारहरुलाई राहात स्वरुप १० लाख प्रदान

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानको बागचौर नगरपालिकामा पहिरोमा परि छुट्टा छुट्टै दुई घटनामा मृत्यु भएकाका पिडीत परिवारलाई अहिले सम्म बिभिन्न निकाय बाट १० लाख रुपैया राहात प्रदान गरिएको छ । यहि भाद्र १२ गते बागचौर नगगरपालीका वडा नम्बर ४ सेतीगुरासमा पहिरोमा परि मृत्यु भएकाका परिवारलाई र भाद्र १७ गते वडा नम्बर १२ ओखरेनीमा पहिरोमा परी मृत्यु भएकाका परिवारलाई कर्णाली प्रदेश सरकार, स्थानीय सरकार र जिल्लाको बिभिन्न निकाय बाट गरी अहिले सम्म १० लाख रुपैया राहात प्रदान गरिएको हो । कर्णाली प्रदेश सभा सदस्य गुलावजङ्ग शाहाले शनिबार बागचौर नगरपालिका वडा नं. १२ ओख्रेनी मुलखोलाका मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट मृतक प्रतिव्यक्ति ३० हजारका दरले घटनाका पीडित परिवारलाई ९० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।

यसअघि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बागचौर नगरपालिका वडा नं.४ सिमखोलि सेतिगुराँसका पीडित परिवारलाई मृतक प्रतिव्यक्ति ३० हजारका दरले रु. १ लाख ५० हजार राहत रकम प्रदान गरेका थियो भने जिल्ला प्रशासन कार्यालय सल्यानले १ लाख रकम प्रदान गरेको थियो । यस्तै वडा नं. १२ ओख्रेनी मुलखोलाका मृतकका परिवारलाई जिल्ला प्रशासनले क्रिया खर्च स्वरूप २५ हजारको दरले ७५ हजार उपलब्ध गराएको थियो । राहात बितरण गर्दै प्रदेश सभा सदस्य शाहले सबैको एक्यवद्धता भएको यी दुई घटना नेपालमै पहिलो भएको बताउनु भयो । मानवीय संवेदनालाई ख्यालमा राखी सहयोग गर्ने यो प्रथाले आगामी दिनमा समेत सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ रहेको छ । यहि भाद्र १२ गते र १७ गते बागचौर नगगरपालीका वडा नम्बर ४ सेतीगुरासमा पहिरोमा परि बाबु आमा सहित ५ जनाको मृत्यु थियो भने वडा नम्बर १२ ओखरेनीमा ३ बालबालीकाको मृत्यु भएको थियो ।


पीडित परिवारलाई घर निर्माण गरिने

दुईवटा घटनाका पीडित परिवारलाई घर निर्माण गरिने भएको छ । नेपाल सरकारका पूर्व सामान्य प्रशासन मन्त्री तथा संघिय प्रतिनिधि सभा सदस्य माननीय टेक बहादुर बस्नेतले दुईवटा घटनामा पहिरोमा परि मृत्यु भएकाका परिवारलाई घर निर्माण गरिदिने बताउनु भएको हो । शनिबार पिडितको घरमै पुगेर बागचौर नगरपालिका वडा न ४ सिमखोली सेतिगुराँस र बागचौर नगरपालिकाका वडा नं. १२ ओख्रेनी मुलखोलाका मृतकका दुई परिवारलाई घर बनाइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दुवै ठाउँको राहत वितरण कार्यक्रममा बोल्दै संघिय प्रतिनिधि सभा सदस्य बस्नेतले आफूलाई बागचौर नगरपालिका छुट्टा छुट्टै दुई घट्नाले भावबिहवल गराएको भन्दै मलमपट्टि लागाउनका लागी घर निर्माण गरिदिने घोषण गर्नुभयो । दुई घटना घटे लगतै घटनाको बारेमा प्रतिनिधि सभामा आफूले कुरा राखेको र केन्द्रीय सरकारलाई घटनाको बारेमा ध्यानाकर्षण समेत गराएको बस्नेतले बताउनु भयो । बस्नेतले पीडित परिवारले पाउने राहतलाई व्यवस्थित गर्न र एक द्वार प्रणालीमा लैजानको लागि स्थानीय सरकार सँग समन्वय गरेर कोष खडा गर्न र खाता सञ्चालन गर्न सुझाव दिनुभएको छ ।
स्थानीय तहबाट पनि राहात हस्ताण्तरण, अनाथालय स्थापना गर्ने
बागचौर नगरपालीका नगरपालीका सल्यानले दुईवटा घटनाका मृतकका परिवारलाई २५ हजारका दरले २ लाख नगद हस्तान्तरण गरेको छ । नगरप्रमुख लोकमान बुढाथोकीले पहिलो चरणमा दुईवटा घटनाका मृतक आठ जनाका परिवारलाई प्रतिव्यक्ति क्रिया खर्च बापत २५ हजारका दरले २ लाख नगद हस्तान्तरण गर्नभएको छ । नगर प्रमुख बुढाथोकीले नगरभित्र विभिन्न कारणले अभिभावक गुमाएका अनाथ बालबालिकाहरूको प्रारम्भिक तथ्यांक संकलनको काम भइरहेकोले अनाथालय स्थापन गर्ने बताउनु भयो । नगरपालिकाले आफ्नै लगानीमा एक अनाथ आश्रम स्थापना गरी उनीहरूको शिक्षा, स्वास्थ्य, पालन पोषणको समेत व्यवस्था गरिने बताउनु भयो ।
यस्तै बनगाड कुपिन्डे नगरपालिकाका नगर प्रमुख गोविन्द पुनले दुईवटा घटना एकैपट घट्नुले आफूहरूलाई समेत पीडा परेको भन्दै मृतकका दुवै परिवारलाई २५ हजारका दरले ५० हजार नगद राहत प्रदान गर्नुभएको छ । सिद्धकुमाख गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रतिनिधि वडा नं. १ का वडा अध्यक्ष राम बहादुर बस्नेतले मृतक दुई परिवारलाई आफ्नो गाउँपालिकाको तर्फबाट ४० हजार सहयोग रकम प्रदान गरिएको छ ।

यसैगरी दार्मा गाउँपालिकाबाट ५० हजार, शारदा नगरपालिकाबाट ३० हजार , छत्रेश्वरी गाउँपालिकाबाट ५० हजार , कालिमाटी गाउँपालिकाबाट ३५ हजार, कुमाख गाउँपालिकाबाट ५० हजार त्रिवेणी गाउँपालिकाबाट ३० हजार , कपुरकोट गाउँपालिकाबाट २५ हजार , सल्यानी युवा संजालबाट ५० हजार, सल्यान जेसिसबाट २६ हजार ३ सय ५५, सल्यान सरोकार समाजबाट १५ हजार प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको छ । नेपाल रेडक्रस सोसाइटी सल्यानको तर्फबाट दुवै घटनाका पीडित परिवारलाई विभिन्न जिन्सी सामान तथा भाँडाबर्तन हस्तान्तरण गरिएको छ ।