डुंगा दुर्घटना अपडेटः आज ६ जनाको शव फेला, मृत्यू हुनेको संख्या ८ पुग्यो

0
Shares

काठमाडौँ ।
हिजो शनिबार बेगनासतालमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव आज भेटिएको छ ।
बेपत्ता भएका ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल र ४ वर्षीय रञ्जित गैरको शव आज बिहान भेटिएको हो र ३२ वर्षीय रवी खनालको आज दिउँसो शव फेला परेको हो ।

बेगनासका गणेश कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा दुर्घटना भएको थियो ।

बेपत्ता सबैको शव भेटिएको प्रहरीले जानकारी दिएको छ र सबैको शव भटिएपछि सम्पूर्ण मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।