रसुवा, करेन्ट लागेर रसुवामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–४ देरउराली डाँडाका २२ वर्षीय बुद्धिमान गोम्बो रहेका छन् ।
आफ्नै घरको बरण्डामा बिजुली बत्ती बनाउने क्रममा करेन्ट लागेको प्रहरी निरीक्षक ओम प्रकास वाग्लेले बताए। शनिबार राति साढे ६ बजे उनको मृत्यु भएको थियो । पोष्ट मार्टमका लागि नुवाकोट जिल्ला अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया