खुकुरी रम थ्री एक्स सन डाउन अफेयरको छैठौं संस्करण

0
Shares

काठमाडौं, (नेस)
नेपाल डिस्टिलरीले ‘खुकुरी रम थ्री एक्स सन डाउन अफेयर’ श्रृंखला अन्तर्गतको शनिबार ललितपुरस्थित द फोयरमा आयोजना गर्ने भएको छ । आफ्नो ब्रान्ड प्रवद्र्धन गर्ने क्रममा सन डाउन अफेयरले ग्राहकलाई लाइभ म्युजिकसहित विभिन्न कक्टेलको अनुभव लिने अवसर प्रदान गर्दछ ।

खुकुरी थ्री एक्स रमद्वारा साप्ताहिक रुपमा आयोजना गरिने सन डाउन अफेयरले स्थानीय तथा अन्तर्राष्ट्रिय डिजेहरुको सांगीतिक प्रस्तुति सहित अन्तर्राष्ट्रिय मिक्सोलोजिस्ट दिन हसन तथा एमी श्रोफद्वारा डिजाइन गरिएको विशेष कक्टेल मेन्युको स्वाद लिने अवसर प्रदान गर्ने जनाएको छ ।

यसपटकको कार्यक्रम सन डाउन अफेयरको छैठौं संस्करण हो । जहाँ डिजे सुमित, डि जे फ्याटफ्रग, डिजे सेरिङ, डिजे पिएस वाई निन्जा तथा डिजे फुच्चेले ट्रान्स संगीत प्रस्तुत गर्नेछन् ।

यसअघि नै खुकुरी रमले सन डाउन अफेयर श्रृंखला अन्तर्गतका पाँच विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ ।