टुरिस्ट गाइडको पारिश्रमिकमा वृद्धि

0
Shares

काठमाडौं ।
टुरिस्ट गाइडहरुको छाता संगठन टुरिस्ट गाइडह एसोसिएसन अफ नेपाल (टुर्गान) ले १ जनावरी २०१९ बाट लागँ हुने गरी टुरिस्ट गाइडको पारिश्रामिक वृद्धि गर्ने निर्णय गरेको छ ।

टुर्गानको आकस्मिक बैठकले आवश्यक छलफल र बहसपछि टुरिस्ट गाइडको हाल खाइपाई आएको पारिश्रमिकमा औसत ४० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।

‘पर्यटकलाई दिने सेवा सुविधावापत टुरिस्ट गाइडले पाउने गरेको पारिश्रमिकलाई मध्यनजर गरी बढाउने निर्णय गरेका हौं,’ टुर्गानका अध्यक्ष केदार तामाङले भन्नुभयो गाइड भनेका पर्यटकको पहिलो आधारशीला हुन त्यहीँ भएर हाम्रो निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउँछौं ।

टुर्गानका अनुसार देशको बढ्दो महँगी तथा समयअनुकुल आर्थिक नीतिका कारण दैनिक उपभोग्य वस्तुदेखि हरेकमा वृद्धि भए पनि विगत पाँच वर्ष देखि गाइडको पारिश्रमिक बढ्न सकेको थिएन ।