चिनियाँ बन्दरगाह प्रयोग गर्न प्रोटोकल तयार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
चिनियाँ बन्दरगाहमार्फत नेपालले तेस्रो मुलुकमा व्यापार गर्नका लागि दुई देशबीच भएको नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ अगाडि बढ्ने भएको छ । काठमाडौंमा शुरु भएको दुई देशका अधिकारीबीचको तेस्रो बैठकले नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन लागेको हो ।

बैठकमा नेपालले हालसम्म अस्तित्वमा रहेका सबै बन्दरगाहमा पारवहन पहुँच दिन चीनीयाँ टोलीसमक्ष प्रस्ताव गरेको छ। सबै सामुन्द्रिक तथा सुक्खा बन्दरगाहमा पारवहन सुविधा दिन नेपालले आग्रह गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री भएको बेला चीन भ्रमणमा जाँदा व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री ओलीको गत असारमा भएको चीन भ्रमणका क्रममा सा प्रोटोकल अगस्ट अन्त्यसम्म टुंग्याउने सहमति गरेका थिए । उक्त सहमति कार्यान्वयनका लागि दुई देशका सहसचिवस्तरीय बैठक शुरु गरिएको हो ।

भँपरिवेष्ठित मुलुकले तेस्रो मुलुकसँगको व्यापार पहुँचका लागि छिमेकी मुलुकको सामुन्द्रिक बन्दरगाह उपयोग गर्न पाउने अन्तर्राष्ट्रिय कानुन छ ।

संयुक्त राष्ट्र संघले भँपरिवेष्ठित मुलुकलाई सामुद्रिक पहुँच दिने विषयमा जारी गरेको अन्तर्राष्ट्रिय कानँन ‘ल अफ सी, १९८२ बमोजिम नेपालले भारत र चीन दुवै मुलुकका सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउनुपर्ने हो । तर, नेपालले भने भारतका बन्दरगाह प्रयोग गर्दै आएको भए पनि चीनका बन्दरगाह भने तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न सकेको छैन ।

२०७२ चैतमा नै नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौता भए पनि त्यसको कार्यान्वयनका लागि प्रोटोकलको विषय भने हालसम्म पनि टुंगिएको थिएन ।

अहिले चलिरहेको छलफलबाट मुख्यतया बन्दरगाहको पहुँच, सडक र रेलमार्गको विस्तारका विषयमा नेपालले प्रस्ताव राखेको राखेको उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालका सहसचिव नवराज ढकालले बताउनुभयो ।