बिम्स्टेक क्षेत्रीय संगठन जोड्ने पुलः प्रम ओली


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एशिया र दक्षिण पूर्वी एशियाजस्ता संगठन जोड्ने पुल भएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा भाग लिन आउनुभएका बिम्स्टेक राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग औपचारिकरुपमा गहन छलफल भएको बताउनुभयो ।

उहाँले बिम्स्टेकको चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको बैठकलाई जानकारी गराउनुभयो । बिम्स्टेक सम्मेलन काठमाडौँमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो ।

प्रधानमन्त्री ओलीले सबै पक्षलाई मिलाएर सफलतापूर्वक कूटनीतिक ढङ्गले बिम्स्टेक सम्मेलन गर्नसकेकामा सो श्रेय सम्पूर्ण नेपालीलाई उपलब्ध भएको जानकारी दिनुभयो । उहाँले बिम्स्टेक सम्मेलन सफल पार्न योगदान दिनुहुने तीनै तहका सुरक्षा निकाय बौद्धिक वर्ग, कर्मचारी, पत्रकारलगात सबै पक्ष धन्यवादको पात्र थिए म उहाँहरुको मुक्तकण्ठले प्रशंसा गर्छु भन्नुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।