कालीगण्डकीमा खस्दा एक बिरामी बेपत्ता


म्याग्दी ।
अन्नपूर्ण गाउँपालिका–६ स्थित भिरकाटेमा सडकबाट कालीगण्डकीमा खसेर सोमबार एक जना बिरामी बेपत्ता भएका छन् । उपचारका लागि सदरमुकाम बेनीमा आउने क्रममा बेनी–जोमसोम सडकको भिरकाटे खण्डमा सडकबाट कालीगण्डकीमा खस्दा अन्नपूर्ण गाउँपालिका–२ भुरुङका ४६ वर्षीय बमबहादुर पुर्जा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा पुर्जा कालीगण्डकीमा खसेका थिए । सडक अवरुद्ध भएपछि एम्बुलेन्सबाट झरेर श्रीमतीको हात समाएर पहिरो छिचोल्ले क्रममा चिप्लिएर नदीमा खसेका पुर्जाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।